![]() |
| प्रस्तावित प्रदेशहरु |
धेरै वर्ष को अन्तराल पछी नेपालका दलहरूबीच नाम र सीमा पछि तय गर्ने गरी
११ प्रदेशको संघीय संरचनामा जाने सहमति भएको छ.
प्रदेशको नाम र सीमा संघीय आयोगले प्रस्ताव गर्ने
र त्यसलाई रूपान्तरित संसद्लेे निर्णय गर्नेछ । नामांकनको
सन्दर्भमा भने प्रदेशसभाले परिमार्जन
गर्न सक्नेछ ।
चितवनलाइ काठमाडौँ उपत्यका संगै जोड्ने रे
तराईको भूभागमा तीनवटा छुट्टै र सुदूरपश्चिममा
पहाडको प्रदेशसँग रहने गरी प्रदेश बनाउने सहमति बनेको छ ।
अन्य सातवटा प्रदेश भने पहाड र हिमालमा
हुनेछन् । काठमाडांै उपत्यका रहने प्रदेशलाई चितवनसम्म जोड्ने समझदारी भएको छ ।
यसअघि माओवादीले चितवनलाई केन्द्र शासित रहने गरी प्रस्ताव गरेको थियो ।
राजधानी सार्न लागिएको आशंका बढ्ने र त्यसबाट आर्थिक क्षेत्रमा संशय बढ्ने
देखेपछि चितवनलाई केन्द्र शासित रहने गरी बेग्लै नराखिएको स्रोतले बतायो
। तीन दलबीच त्यसलाई उपत्यकासँगको प्रदेशकै भूभागमा जोड्ने समझदारी भएको वार्तामा सहभागी
एक शीर्ष
नेताले जानकारी दिए ।
दलहरूको सहमतिअनुसार सुदूरपश्चिमका दुई
अञ्चल सेती-महाकाली अखण्ड नै रहनेछन् ।
पूर्वमा झापा, मोरङ, सुनसरीसहितको प्रदेश हुनेछ । सप्तरीदेखि पर्सासम्म अर्को
प्रदेश हुनेछ । तराईकै केही भूभाग रहेको चितवन उपत्यकाको प्रदेशसँग जोडिने
छ भने नवलपरासीदेखि बर्दियासम्म अर्को प्रदेश हुनेछ । सुदूरपश्चिमको तराई भूभाग कैलाली कन्चनपुर
पहाडसँग जोडिएको सेती-महाकाली प्रदेशमा रहनेछ.
यसरी प्रदेश बनाउने विषयमा दलहरूबीच समझदारी भएको छ, तर प्रदेशहरूको सीमांकन र नामांकन संविधानमा नै उल्लेख हुने संघीय आयोगले अन्तिम रूप दिनेछ
सम्भावित प्रदेशहरु यस प्रकार छन्..



